एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन « Khabarhub

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौँ आएका १४२  यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले  यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एयर अरेबियाले १४२ जनाको पीसीआर गरेको, १८ जनाको आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका  निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर, पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र  फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिए ।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरुपमा  कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र  गैरआवासीय नेपाली सङ्घ (एनआएनए)लाई आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ०६ बजे

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु