रूसी विपक्षी नेता नाभाल्नीलाई स्नायुमा असर गर्ने विष दिइएको जर्मनीको दाबी « Khabarhub

रूसी विपक्षी नेता नाभाल्नीलाई स्नायुमा असर गर्ने विष दिइएको जर्मनीको दाबी


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई स्नायुमा असर गर्ने एउटा विष दिइएको जर्मनीले दाबी गरेको छ ।

नभाल्नीलाई नोभिचोक नर्भ एजेन्ट नामक विषादी दिइएको ‘स्पष्ट प्रमाण’ आफूसँग सुरक्षित रहेकोसमेत जर्मनीले जनाएको छ।

गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन पुर्‍याइएको छ ।

जर्मनीको एक अस्पतालमा उपचाररत उनी अहिले कोमामा छन्। सुरुवाती उपचार रुसमा भएपनि त्यहाँका चिकित्सकहरूको असमतीका बाबजुद नाभाल्नीका समर्थक र आफन्तले दबाब दिएपछि उनलाई थप उपचारका लागि जर्मनी लान अनुमती दिइएको थियो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताएकी छन् ।

भ्रष्टाचार विरोधी ४४ वर्षीय नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ५१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात