जेठाजुबाट बुहारीको हत्या « Khabarhub

जेठाजुबाट बुहारीको हत्या


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- प्रहरीले काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठाजु पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलका अनुसार, बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी)लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए ।

घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १२ : ३२ बजे

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान