चुरे दोहन खुलेआम, जनप्रतिनिधिबीच आरोप प्रत्यारोप « Khabarhub

चुरे दोहन खुलेआम, जनप्रतिनिधिबीच आरोप प्रत्यारोप



झापा- तीब्र रुपमा चुरे दोहन भइरहेको बुद्धशान्ति गाउँपालिकाको टिमाई खोलामा बुधबार सुरक्षा निकायका अधिकारीसहित तीनै तहका जनप्रतिनिधिहरू दलबलका साथ पुगे ।

सुरक्षा निकायसँगको आपसी मिलेमतोमा चुरे दोहन भइरहेको आरोप लागिरहेका बेला त्यहाँ उपस्थित तीनै तहका जनप्रतिनिधिहरूले चुरे दोहन नियन्त्रण गर्ने उपाय खोज्नुको साटो एकले अर्कालाई दोषारोपण मात्र गरे ।

संघीय सांसद राम कार्की, प्रदेश सांसद गोपाल बुढाथोकी, जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल र बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलले एकले अर्कामाथि दोषारोपण गर्ने बाहेक खुलेआम भइरहेको चुरे दोहन रोक्न कुनै पनि उपाय दिन सकेनन् । जिल्लाका राजनीतिक दलका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई लिएर गएको जिम्मेवार टोलीलाई स्थानीयकबासीले चुरेको तीब्र दोहनको बारेमा ध्यानाकर्षण गराइएका थिए ।

संघीय सांसद कार्कीले चुरे दोहन रोक्न सकिएन भने तराई पनि नरहने बताए । उनले चुरे दोहन बेलैमा रोक्नु पर्नेमा जोड दिए । प्रदेश सांसद बुढाथोकीले अवैधरूपमा भइरहेको चुरे दोहन रोक्न सबैले पहल गर्नुपर्नेमा स्थानीय तहले आधिकार लिएको आरोप लगाए । उनले चुरे क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर दोहन भइरहेको भन्दै स्थानीय तहको मिलेमतोमा त्यसले प्रश्रय पाएको पनि आरोप लगाए ।

जिल्ला समन्वय समितिका संयोजक पोर्तेलले पनि स्थानीय तहकै मिलेमतोमा नदी खोलाबाट अवैध दोहन भइरहेको बताए । उनले स्थानीय तहले आफूखुशी गर्दा समस्या बढेको भन्दै स्थानीय तहबाट अनुमति लिएरै तस्करहरूले तस्करी गरिरहेको बताए ।

स्थानीय तहमाथि प्रश्न उठाइरहँदा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने दोष जति सुरक्षा निकायमाथि थोपरिदिए । उनले चुरे दोहन केही गर्दा पनि रोक्न नसकेको स्वीकार गर्दै बुद्धशान्तिमा मात्र नभएर देशभरिकै हालत त्यस्तै रहेको बताए । उनले प्रहरी प्रशासन जिल्लाले चलाउने अनि चुरे दोहन स्थानीय तहले रोक्नु पर्ने भन्दै प्रहरी आफ्नो अधिनमा भए रोकेर देखाइदिने दावी गरे । ‘के राति म अध्यक्षले लठ्ठी लिएर खोलामा बस्नु पर्ने हो ?’ उनले प्रश्न गर्दै भने, ‘हामी त विना लाठीको हवल्दार हौँ, प्रहरी प्रशासन अरुको हातमा छ. ।’

अध्यक्ष भुजेलले स्थानीय तहले मात्र चुरे दोहन रोक्न नसक्ने धारणा राखे । उनले जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मुखले मात्र बोलेर होइन, चुरे दोहन रोकेर देखाउन चुनौती दिए । पोर्तेलले बुद्धशान्ति गाउँपालिका—४ टिमाई किनारामा वातावरण प्रभाव मूल्यांकन नगरी अवैधरूपमा किन गिटी बालुवा निकाल्न दिएको भनी प्रश्न गरेका थिए ।

त्यसको जवाफमा गाउँपालिका अध्यक्ष भुजेलले केही जग्गाधनीले गाउँपालिकाको सिफारिसमा आफ्नो नम्बरी खेतबाट गिटी बालुवा निकालेको बताए ।

चुरे दोहनले गरेको क्षति

अवैधरूपमा अत्यधिक चुरे दोहन भएपछि टिमाई खोलामा क्षति बढेको छ । चुरे दोहनकै कारण टिमाई खोलाले कटान तीब्र पारेको हो । दक्षिणपट्टि खोलालाई दोहन गर्दा उत्तरपट्टि खोला गहिरिँदै गएको र कटान बढेको स्थानीय बताउँछन् ।

बढ्दो कटानका कारण मानव बस्ती जोखिममा परेको बुद्धशान्ति-५ की बासिन्दा मनु चापागाईंले बताइन् । उनले तस्करहरूले गिटी ढुङ्गा निकालिदिँदा टिमाइ खोलाले २०० वटा तारजाली बगाएर पूर्वपट्टि निकै कटान गरेको जानकारी दिइन् । सोही ठाउँकी तारा पुलामीले पहिला खोला टाढा रहेकोमा अहिले गाउँ नजिक आइपुगेको बताइन् ।

त्यसैगरी स्थानीय लालबहादुर कुमालले तारजाली भर्न थुपारेर राखेको ढुंगा समेत तस्करहरूले राति आएर लगिदिएको बताए । अर्का स्थानीय समाजसेवी बोधराज दाहालले दिउँसो चुरे दोहन नभएपनि राति दोहन गर्ने क्रम बढेको बताए । उनले जनताको अगाडि दोहन रोक्ने भन्नेले भित्रीरूपमा तस्करसँग मिलेर पैसा कमाइरहेको ठोकुवा गरे ।

अनुगमन टोलीमा नेकपाका चिन्तन पाठक, जनता समाजवादी पार्टीका अनुत राजवंशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक, डिभिजन वा कार्यालयका प्रमुख विष्णुलाल घिमिरेलगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १ : ४७ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा