भारतमा एकैदिन ८४ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा एकैदिन ८४ हजार संक्रमित


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ ।

पछिल्लो विवरण अनुसार एकै दिनमा झण्डै ८४ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाइ छ ।

पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् ।

भारतमा देशभर एकै दिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोड भन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ३ : १८ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन