प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न राष्ट्रपतिको आग्रह


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न आग्रह गरेकी छिन्।

मुलुकका विभिन्न ठाउँमा गएको बाढी पहिरोका घटननाप्रति दुःख व्यक्त गर्दै उनले त्यस्तो विकल्प सुझाएकी हुन्। उनले  बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।

‘मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको छ। बागलुङ‚ कालिकोट र सिन्धुपाल्चोकमा गएको बाढी–पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति हुन गएकोमाअत्यन्तै दु:खी छु’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छिन्, ‘प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाऔं।‘

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ३६ बजे

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा

ओणी र प्रचण्डको फोटो राख्दै बाबुरामको कटाक्ष- नेपालका कम्युनिष्टले इतिहासबाट न सिके, न भविष्यमा सिक्ने लक्षण देखिन्छ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि

अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७