साँगा नाकामा खटिएका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

साँगा नाकामा खटिएका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काठमाडौं उपत्यका प्रवेश गर्ने साँगा नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सीमा नाकामा खटिएको सुरक्षा टोलीका दुई जनालाई कोरोना भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक एवं प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

विहिबारसम्म जिल्लामा २ सय ९४ जना ब्यक्ति संक्रमित भएका छन् । जस मध्ये १ सय ११ जना निको भएर घर फर्किसकेका छन् ।

विहिबार मात्रै दुई सुरक्षाकर्मी सहित ८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा पनौती नगरपालिका घर भएका दुई महिला छन् भने धुलिखेल नगरपालिका स्थायी घर भएका चार जना छन् ।

उनीहरुमध्ये केही अस्पतालमा उपचारार्थ विरामी छन् । यस अघि जिल्लामा २२ जना सुरक्षाकर्मी संक्रमित थिए ।

संक्रमित सुरक्षाकर्मीको  संख्या अब २४ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ५७ बजे

नबिल बैङ्क : ढड्डादेखि कम्प्युटर क्रान्तिसम्म !

काठमाडौँ – नेपालको बैङ्किङ क्षेत्रमा कुनै समय ढड्डै पल्टाएर काम

पौडी खेल्ने क्रममा १३ वर्षीया बालिकाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी

वेददेखि विभेदसम्म !

काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं– सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि