नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु



नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको विहीबार मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका ५ का ३७ वर्षीय पुरुषको आज दिउँसो चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृगौलाका बिरामी रहेका ती पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको आज बिहीवार दिउँसो २ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

मृगौलामा समस्या देखिएपछि उपचारको लागि चितवनस्थित चितवन मेडिकल कलेज भरतपुरमा गत भदौ ९ गते भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा जटिलता देखिएपछि भदौ १० गते कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सँगै पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसअघि विनयी त्रिवेणी गाउँपालिका ६ एक पुरुषको मृत्यु भएको थियो । सोही ठाउँकी अर्की एक महिलाको भने भरतपुरको पुरानो मेडिकल कलेजमा कोरोना जितेर डिस्चार्ज गर्ने तयारी गरेकै बेला निधन भएको थियो ।

अस्पतालको विज्ञप्ति

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ३४ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले