ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु | Khabarhub Khabarhub

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि (शुक्रबार) ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लागू हुनेछ।

मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।’

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीबीच विहीबार झडप भएको थियो ।

सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्रुग्यास र लाठीचार्ज गरेको थियो। यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ५२ बजे

नबिल बैङ्क : ढड्डादेखि कम्प्युटर क्रान्तिसम्म !

काठमाडौँ – नेपालको बैङ्किङ क्षेत्रमा कुनै समय ढड्डै पल्टाएर काम

पौडी खेल्ने क्रममा १३ वर्षीया बालिकाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी

वेददेखि विभेदसम्म !

काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं– सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि