अमेरिकामा अर्का अश्वेत नागरिकको मृत्यु, ७ प्रहरी निलम्बित « Khabarhub

अमेरिकामा अर्का अश्वेत नागरिकको मृत्यु, ७ प्रहरी निलम्बित


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा अर्का अश्वेत नागरिक ड्यानियल प्रुडेको मृत्यु भएको छ । प्रहरीले लगाएको स्पिट हूडका कारण श्वास फेर्न नसकेर उनको मृत्यु भएको हो ।

मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो । संस्थागत रुपमा रहेको रंगभेदका कारण ड्यानिएलको निधन भएको रोचेस्टरकी मेयर वारेनले बताएकी छन् ।

४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको हो । प्रहरीले पक्राउ गर्दा निसास्सिएर गम्भीर बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरेको सात दिनपछि निधन भएको हो । तर घटना अहिले मात्रै सार्वजनिक भएको हो ।

Impromptu memorial to Daniel Prude on Jefferson Avenue, Rochester, 3 September 2020

७ प्रहरी निलम्बित

अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने ७ प्रहरीलाई निलम्बित गरेकी छन् ।

पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडेको निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले ७ प्रहरी अधिकारीलाई निलम्बित गरेकी हुन् ।

उनको निधन गएको मे २५ मा मिनेशोटामा प्रहरी बर्बरताकै कारण मारिएका जर्ज फ्लोइडको भन्दा दुई महिना पहिले भएको हो । फ्लोइडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेत विरुद्ध आन्दोलन हुँदै आएको छ ।

फ्लोइड र ड्यानिएलमाथि प्रहरीले पक्राउ गर्ने क्रममा गरेको व्यवहार समान खालको रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु दुवैलाई प्रहरीले टाउको अँठ्याएर प्रक्राउ गरेको थियो ।

७ प्रहरीलाई निलम्बित गरेकी मेयरले घटनाको अनुसन्धान नगरकी न्यायाधीवक्ताले गरिरहेको बताएकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : १६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी