नेशन्स लिग फुटबल : इन्जुरी समयमा स्पेनले रोक्यो जर्मनीलाई « Khabarhub

नेशन्स लिग फुटबल : इन्जुरी समयमा स्पेनले रोक्यो जर्मनीलाई


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेशन्स लिग फुटबल स्पेनले जर्मनीलाई जितेको छ । गएरातिको खेलमा जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो ।

तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन । गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल गरी जर्मनीलाई अग्रता दिलाए । तर स्पेनका लागि जोसे गायाले बराबरी गोल गरे ।

इन्जुरी समयको पाँचौँ मिनेट अर्थात ९५ औँ मिनेटमा गायाले रोड्रिगोको सहयोगमा गोल गरेका हुन् । झण्डै १० महिनापछि दुवै टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् । दुई ठूला देशबिचको खेल अति रोमाञ्चक बनेको हो ।

गएराति कै अर्को खेलमा वेल्सले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेको छ । वेल्सको जितमा ८० औँ मिनेटमा किएफर मूरले गरेको गोल नै निर्णायक बनेको हो ।

नेशन्स लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा रुसले सर्बियालाई ३-१, युक्रेनले स्वीट्जरल्याण्डलाई २-१, हंगेरीले टर्कीलाई १-० तथा फारोइ आइल्याण्डले माल्टालाई ३-२ ले पराजित गरेका छन् ।

यस्तै लात्भिया र एन्डोरा तथा स्लोभेनिया र ग्रिसले गोलरहित, माल्डोभा र कोरोभो तथा बुल्गेरिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : २२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक