चितवनका थप ५७ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

चितवनका थप ५७ जनामा कोरोना पुष्टि


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी)को पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

सीएमसीले शुक्रबार बिहान दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ५७ जना छन् भने अन्य १७ जिल्लाका ३१ जना छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १, २, ५, ७, ८, १० ,११, १२, १५, १९ र २१ का गरी १४ जना पुरुष र २८ जना महिला गरी ४२ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पूर्वी चितवनको रत्‍ननगर नगरपालिका वडा नं ३ र ७ का तीनजना महिलामा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी कालिका नगरपालिका-८ का एक महिला र एक पुरुष, खैरहनी-३ की एकजना महिला तथा राप्ती नगरपालिका-५ का ४ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ ।

यस्तै तनहुँका ५ महिला र ३ पुरुष, गोरखाका दुईजना पुरुष, रौतहट, स्याङ्जा र मकवानपुरका एक-एकजना महिलामा पनि संक्रमण देखिएको छ । त्यसैगरी धनुषाका दुई महिला र दुई पुरुष, बाराका एक पुरुष, मोरङ र झापाका एक-एकजना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी रुपन्देहीका दुई पुरुष, दाङका दुई महिला, कैलालीका दुई महिला र एक पुरुष तथा नुवाकोट, बर्दिया, बाँके, रुकुम र दार्चुलाका एक-एकजना पुरुषमा पनि कोरोना देखिएको छ ।

प्रयोगशालामा बिहीबार साँझसम्म परीक्षण गरिएका ७०३ नमूनाहरुको रिपोर्ट सार्वजनिक गरिएको हो जसमध्ये ६१५ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : २१ बजे

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि