नेपाल प्रहरीसहित गण्डकी प्रदेशमा ४० संक्रमित थपिए « Khabarhub

नेपाल प्रहरीसहित गण्डकी प्रदेशमा ४० संक्रमित थपिए


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टी भएको हो । बढी संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका र नवलपरासीपूर्वका छन् ।

पोखरामा ७ प्रहरीमा कोरोना

पोखरा लेखनाथ नगरपालिकाका थप १६ जनामा संक्रमण देखिएको छ । ती मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा १५ मा कार्यरत नेपाल प्रहरीका ७ जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयकाअनुसार पोखराका विभिन्न वडाका संक्रमित ७ पुरुष कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् भने दुई महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे’ क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् ।

पूर्वी नवलपरासीमा १७ संक्रमित

पूर्वी नवलपरासीमा शुक्रबार १७ जना कोराना संक्रमित थपिएका छन् । ती मध्ये १६ जना गैंडाकोट नगरपालिकाका छन् । संक्रमण पुष्टी हुनेमा ५ महिला छन् भने १२ जना पुरुष छन् । एक जना संक्रमित भने देवचुली नगरपालिका ७ का ३५ वर्षीय पुरुष छन् ।

यसैगरी लम्जुङका ३ जना, तनहुँका २ जना तथा स्याङजा, बाग्लुङका एक एक जनामा पनि शुक्रबार कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ । ती मध्ये १ हजार ७ सय ६६ जनाले कोरोना जितेका छन् । गण्डकी प्रदेशमा ५ सय ६८ जना संक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०८ बजे

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।