सगरमाथाको उचाइ घटेको कुरा पत्यार लागेको छैन– प्रधानमन्त्री « Khabarhub

सगरमाथाको उचाइ घटेको कुरा पत्यार लागेको छैन– प्रधानमन्त्री


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने भनाइ आफूलाई परपर्दो नलागेको बताएका छन् ।

सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ घटेको भन्ने कुरा आफूलाई पत्यार नलागेको बताएका हुन् ।

ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ मापन गर्न सरकारी टोलीलाई निर्देशन दिए । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटकसरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो । प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यको अनुकूलता हेरेर मात्रै सगरमाथाको उचाई नाप्ने काममा अघि बढन पनि सरकारी कर्मचारीहरुलाई सचेत गराएका थिए । उनले आरोहण दलमा गएका गाईंडहरुको निर्देशनमा मात्रै सगरमाथाको उचाई मापन गर्ने काममा अघि बढन पनि सरकारी टोलीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी गराइन् । उनले सावधानीपूर्वक सो जिम्मेवारी पूरा गर्न पनि सरकारी टोलीलाई शुभकामना दिइन् ।

सरकारको उचाई मापन टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरीे गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहेका छन् । उनीहरु सबै जनाले सगरमाथाको आरोहणका लागि आवश्यक सबै तालिम लिएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो । विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाइ घटाएको विभिन्न अडकालबाजी भइरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १२ : १७ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको