रुपन्देहीमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

रुपन्देहीमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल जिल्ला स्वास्थ्य कार्यलयले दिएको जानकारी अनुसार बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना, गौतम बुद्ध मुटु अस्पतालमा एक जना र सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका—८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

सिद्धार्थनगर नगरपालिका—७ निवासी ६४ वर्षीया महिलाको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, समधुमेह र मृगौला रोगपीडत ती महिलामा निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनका कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर—८ का ती पुरुष क्यान्सरका रोगी थिए ।

उनको मृगौलामा पनि समस्या थियो । मृगौलाले काम गर्न छाडेपछि उनकोे मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ०३ बजे

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत