काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठक र अन्य सरोकारवाला पक्षसँग भएको छलफलपछि शुक्रबार राति १० बजेबाट कर्फ्यु हटाउने निर्णय गरिएको हो ।
तर, रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
बिहीबार रथ जात्राका क्रममा भएको झडपले स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रतिक्रिया