टी-ट्वान्टी सिरिज : अष्ट्रेलिया इंग्ल्यान्डसँग २ रनले पराजित « Khabarhub

टी-ट्वान्टी सिरिज : अष्ट्रेलिया इंग्ल्यान्डसँग २ रनले पराजित


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियासँगको तीन खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ ।

शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जीत निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो । एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो ।

१९औं ओभरमा क्रिस जोर्डनले एक रन आउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो ।

अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे । तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २-२ रन जोडे ।

अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके । उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे । उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे । क्रिस जोर्डनले १९औं ओभर र टम करनले २०औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्डले जित हात पारेको हो ।

त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, पनि अष्ट्रेलियाले खेल जित्न सकेन । दोस्रो खेल आइतबार साउथह्याम्पटनमै हुनेछ ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : ४९ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको