अल्का अस्पतालकी कर्मचारीको शव जंगलमा फेला « Khabarhub

अल्का अस्पतालकी कर्मचारीको शव जंगलमा फेला


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको अल्का अस्पतालमा कार्यरत एक महिला मृत फेला परेकी छन् ।

शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनको शव जंगलमा फेला परेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

भैंसेपाटीमा बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। उनी चार दिनदेखि बेपत्ता थिइन्।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक युवकलाई पनि नियन्त्रणमा लिएको छ।

ती युवक महिलाको आफन्त पर्ने प्रहरी अनुसन्धानमा खुलेको छ। महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ०३ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका