भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ- विप्लव नेकपा « Khabarhub

भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ- विप्लव नेकपा


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

विप्लव नेकपाले शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो।

विप्लव नेकपाले सरकारले त्यस्ता भैष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनातको माग बमोजिम आफूहरुले कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ ।’

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ४६ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः