भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ- विप्लव नेकपा « Khabarhub

भ्रष्ट कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौ- विप्लव नेकपा


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

विप्लव नेकपाले शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो।

विप्लव नेकपाले सरकारले त्यस्ता भैष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनातको माग बमोजिम आफूहरुले कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युननिस्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारी जत्थालाई पार्टी स्पष्ट गर्दछ ।’

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ४६ बजे

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित