सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल « Khabarhub

सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित छ : मुख्यमन्त्री पौडेल


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमनपछि मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा केही कमजोरीहरु देखिएका हुनसक्ने भए पनि हाल सेवा प्रवाह चुस्त पाइएको बताए ।

मुख्यमन्त्री पौडेलले वार्ड स्थापना र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले वाग्मती प्रदेश सरकार कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा निरन्तर लागिरहेको उल्लेख गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारले पछिल्लो अवस्थामा कारोना भाइरसको महामारी व्यापक बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकाले अस्पताल नभएका स्थानमा अस्पताल स्थापना गर्ने र भएका स्थानहरुमा सेवा थप गर्ने कामलाई तीव्र पारेको बताए। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको उद्देश्य प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न अस्पताललाई सेवा सुविधा वृद्धि गर्दै प्रदेशस्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्न लागिएको जानकारी दिए । प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडौँ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : ४३ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण