ढोरपाटन बाढी : ११ जलविद्युत आयोजनामा क्षति « Khabarhub

ढोरपाटन बाढी : ११ जलविद्युत आयोजनामा क्षति


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ ।

बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अबरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन ।

विपद्स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताइन् ।

‘भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ’, उनले भने, ‘बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।’ क्षति पुगेका आयोजनामध्ये केही बृहद् र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।

उनका अनुसार विद्युत् सुचारु गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यसक्षेत्रका सर्वसाधारण लघु जलविद्युत्का भरमा छन् ।

लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ ।

नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताए ।

‘बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ’, उनले भने, ‘दुवै टावरमा सौर्य उर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।’ दुई/चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उनले बताए ।

बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अबरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ ।

अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पुर्‍याएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् ।

बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आशिंक क्षति पुगेको छ । एउटा स्वास्थ्य चौकी भवन, दुई विद्यालय, ११ वटा झोलुङ्गे, पाँच वटा ढलान र दश वटा काठे पुलमा क्षति पुगेको जनाइएको छ  ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : ३५ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १