२४ घण्टामा कम्तिमा एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा | Khabarhub Khabarhub

२४ घण्टामा कम्तिमा एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ ।

पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ ।

संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कम्तिमा एक हजार संक्रमित फेला परेका अन्य मुलुकहरूमा बंगलादेश, रोमानिया, फिलिपिन्स, युक्रेन, इन्डोनेसिया, इरान, मेक्सिको रसिया, अमेरिका र भारत छन् ।

यो समाचार तयार पार्दासम्म रोमानियामा १२६९, फिलिपिन्समा २५२९, युक्रेनमा २८३६, इन्डोनेसियामा ३१२८, बंगलादेशमा १९५०, इरानमा १८९४, मेक्सिकोमा ६१९६, रसिया ५२२५, भारत १४१०० र अमेरिका १११९ जनामा संक्रमण भएको छ ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : १२ बजे

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई

रविलाई राखिएको कोठामा प्लाइ हटाएर जाली राखियो 

काठमाडौं– कारागार कार्यालय रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले