३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र | Khabarhub Khabarhub

३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् ।

सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो।

शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए।

सो उडानमा उनीहरूसँगै २ सय ३८ नेपाली स्वदेश फर्किने तय भएको थियो। तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै ३७ जनालाई उतै छोडेको थियो।

उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो।

इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका एक युवती र ३६ जना युवकको अर्को उडानमा उद्धार हुने सोलस्थित नेपाली दूतावासले जनाए पनि निश्चित भने भइसकेको छैन।

दुतावासले भने ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, २ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले गरी जम्मा ३७ जना नेपाली स्वदेश फर्किनबाट वञ्चित भएको जनाएको छ।

सो विषयमा आफूहरुलाई कोरियन एयरले पत्र पठाएको दूतावासले जनाएको छ। अब हुने तत्कालको अर्को उडानमा फेरि टिकट काट्नु नपर्ने गरी पीसीआर रिपोर्टको त्रुटि र उच्च तापक्रमको कारणले रोकिएका यात्रुको व्यवस्थापन गर्ने सहमति भएको पनि दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।

कोरोना महामारीबाट जागिर गुमेका कारण लामो समयदेखि बरोजगार बसेका युवाहरु महंगो टिकट भाडा तिरेर घर फर्किरहेका छन्।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ३९ बजे

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको