नायिका बेनिसा हमालले असहायलाई गरिन् खाद्यान्न सहयोग | Khabarhub Khabarhub

नायिका बेनिसा हमालले असहायलाई गरिन् खाद्यान्न सहयोग


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण खानपिनमा समस्या भएका सर्वसाधारणलाई नायिका बेनिसा हमालले खाद्यान्न सहयोग गरेकी छन् ।

महाकाल युवा समूहको अगुवाईमा लकडाउन भएदेखि खाद्यान्न सहयोग जुटाएर खाना खुवाउँदै आएको अभियानमा नायिका हमालसहित सञ्चार उद्यमी विजन दुवाडीले खाद्यान्न वितरण गरेका हुन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका ५ सयभन्दा बढी मानिसहरु बसपार्कमा खाना खान भेला हुँदै आएका छन् । अपराह्न खाना खान भेला भएका केही व्यक्तिलाई नायिका हमाल र दुवाडीसहितको समूहले खाद्यान्न पनि वितरण गरेको थियो ।

‘भोकालाई भोजन प्यासीलाई पानी’ भन्दै खाना वितरण अभियान गर्दै आएको महाकाल युवा समूहलाई विभिन्न स्थानका समाजसेवीले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का