दमौलीमा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति | Khabarhub Khabarhub

दमौलीमा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ ।

नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो ।

भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।

सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : ५२ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज