प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० | Khabarhub Khabarhub

प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १००


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो ।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ/आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ ।

सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : ४० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते