जुवाडेमा पनि देखियो कोरोना « Khabarhub

जुवाडेमा पनि देखियो कोरोना


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङजा- आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्।

थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु छन् । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष।

संक्रमित हुनेमा १ का ८ जना, १३ का २ जना, ३ का ४ जना र १४ का ८ जना छन्। संक्रमित थपिनेमा वडा नं. १ का २७, ७६, ३४, ३०, ३५, २४, ५५, ४५ वर्षका छन्। वडा नं. १३ का ४७ र ४६ वर्षका छन्। वडा नं. ३ का ४७, ४४, ५२ र ५० वर्षका र वडा नं. १४ का ४४, ३९, ३६, ३५, ३०, ३८, ५७, ४६ वर्षका पुरुष हुन।

थपिने मध्येमा १९ जना तास खेल्नेहरु, दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए।

यसैसाता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो। यसरी पक्राउ पर्ने २२ जना थिए। अन्य ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ।

भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पीसीआर परीक्षण गराउदा पोजिटिभ देखिएको प्रमुख काफ्लेले भने।

योसँगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ। आइसोलेसनमा बस्नेको संख्या घटेर ५ जना पुगेका बेला आइतवार बिहान २२ जना थपिएसँगै २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए। कोरोनाका कारण २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : २३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ