बीपी प्रतिष्ठानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार झापाको कन्काई–३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

ती महिलालाई भदौ १८ गते मेरी अस्पताल झापाले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

शरीर कमजोर हुने, कब्जियतको समस्या, ज्वरो, श्वासप्रश्वासमा समस्या र निमोनिया समेत देखिएपछि उनलाई बीपी प्रतिष्ठानले भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । भेन्टिलेटरमै उपचाररत उनको आइतबार मृत्यु भएको डा सापकोटाले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ३ : ४५ बजे

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा