सन्दीप आवद्ध टिम जमैकाको सीपीएलमा छैठौँ हार « Khabarhub

सन्दीप आवद्ध टिम जमैकाको सीपीएलमा छैठौँ हार


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा छैठौँ हार बेहोरेको छ ।

यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको जमैका लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भयो ।

सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।

जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो ।

जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।

चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।

आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

१०औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : २१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको