अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण | Khabarhub Khabarhub

अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ ।

युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो ।

यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो। यसैगरी अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसको दाबी छ ।

ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सलेसमेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ।

हाल यो संख्या प्रतिदिन औषत ८ सय ५० छ। संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : १३ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको