कोरोना भगाउने ‘आईडी कार्ड’ले के साँच्चै काम गर्छ ? « Khabarhub

कोरोना भगाउने ‘आईडी कार्ड’ले के साँच्चै काम गर्छ ?


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व कोरोना महामारीले आक्रान्त बनिरहेका बेला अझै कोरोना विरुद्धको भ्याक्सिन बनेको छैन ।

रसिया, चीन लगायतका केही मुलुकले कोरोनाको भ्याक्सिन तयार गरेको दाबी गरेपनि अन्तिम परीक्षण हुन बाँकी छ । विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।

विश्व स्वास्थ्य संगठनले सन २०२१ को मध्यसम्म पनि कोरोनाको भ्याक्सिन आउने सम्भावना न्यून भएको बताइरहेका बेला चीन, जापान, भारत लगायतका मुलुकमा ‘कोरोना भगाउने कार्ड’को बिक्रि वितरण भइरहेको पाइएको छ ।

यो आईडी कार्डले ९७.९ प्रतिशत कोरोनाबाट बचाउने दाबी गरिएको छ । यो कार्डबाट कोरोना तत्काल नष्ट हुने र यो कार्डको डेट ३० दिन हुने बताइएको छ । यो कार्ड सबैभन्दा पहिला चाइनिज कम्पनीले बजारमा ल्याएको थियो ।

त्यसपछि जापान र अब भारतका कम्पनीहरुले पनि कोरोनाबाट बच्नको लागि कार्ड बनाएर बेच्न थालिएको पाइएको छ ।

यसलाई मानिसहरु ‘भाइरस सूट आउट’को नामबाट बेचिरहेका छन् । यसलाई मानिसले औषधिको रुपमा किनिरहेका छन् ।

यसलाई Air Sterlization Card पनि भनिएको छ ।  जसलाई घाटीमा लगाउनु पर्छ । यो कार्डमा केमिकलले भरिएको एक सानो नीलो प्याकेट छ । जो एक पोर्टोबल एयर प्यूरिफायरको रुपमा काम गर्छ ।

कार्डमा Low concentration chlorine dioxide हुन्छ । जसले ब्याक्टेरिया र भाइरसलाई टाढा राख्छ । कार्ड उत्पादक कम्पनीले उक्त कार्डले १ मीटरको दूरीको हावामा सुरक्षित गर्ने दाबी गरेको छ ।

अमेरिका, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स लगायतका मुलुकमा भने यो कार्ड प्रतिबन्ध लगाइएको छ । तर चीन जापान र भारतमा भने यसको धेरै बिक्री हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ३९ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा