महानगरीय प्रहरी वृत्त, गौशालाका एक प्रहरी ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ « Khabarhub

महानगरीय प्रहरी वृत्त, गौशालाका एक प्रहरी ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन् ।

महनगरीय प्रहरी बृत्त गौशालाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतका अनुसार, प्रहरी जवान उपेन्द्रसिंह बलात्कार प्रयास अरोपमा पक्राउ परेका हुन् ।

डिएसपी बस्नेतले खबरहबसँग भने, एक २१ बषीया युवतीले वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि जवान सिंहलाई पक्राउ गरेका छौं । अहिले थप अनुसन्धान गरिरहेका छौं ।

डिएसपी बस्नेतका अनुसार, प्रहरी जवान र ति युवतीबीच पहिले नै चिनजान भएको पाइएको छ । दार्चुला घर भएका जवानलाई अहिले प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को ९ ङ० मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ३३ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ