भारतमा भोलिबाट चुनाव– ९० करोड मतदाताले छान्नेछन् ५ सय ४३ सांसद् | Khabarhub Khabarhub

भारतमा भोलिबाट चुनाव– ९० करोड मतदाताले छान्नेछन् ५ सय ४३ सांसद्


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार बाट आगामी मे १९ सम्म ७ चरणमा चल्ने चुनाव कसले जित्ला ? मोदीले दोश्रो कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी पाउलान् वा नपाउलान् ? चुनावपछि भारतमा सरकार फेरिएसँगै ५ वर्षको म्यान्डेट लिएर आउने नयाँ सरकारका नीति र कार्यक्रमहरु कस्ता आउने हुन् ? लगायतका कुरा त मे २३ बाट शुरु हुने मत गणना र त्यसपछि सार्वजनिक हुने मतपरिणाम पछि छर्लङ्गै हुनेछ ।

तर, संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुन लागेको निर्वाचन र कस्तो परिवेशबीच चुनाव हुन लागेको हो, त्यो भने अर्को रोचक पाटो छ । संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको जनसङ्ख्या १ अर्ब ३० करोड भन्दा धेरै छ । यो जनसङ्ख्या अनेक भाषा, जाति, धर्म, सँस्कृतिमा छरिएको छ ।

यससँगै भारतमा विश्वमा लोकतान्त्रिक विधिबाट हुने निर्वाचनमा मतदानका लागि सबैभन्दा ठूलो सङ्ख्यामा मतदाता छन् । भारतमा मतदाताको सङ्ख्या ९० करोडभन्दा धेरै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८१ करोड मतदाता मतदानका लागि योग्य रहेकोमा यसपटकको निर्वाचनमा यो सङ्ख्या करिब ९ करोडले बढेर ९० करोड पुगेको बताइएको छ ।

यी ९० करोड मतदातालाई मतदान गर्नका लागि १० लाख भन्दा धेरै मतदान केन्द्रको व्यवस्था गरिएको छ । चुनावका लागि भने जम्मा ८ हजार २ सय ५१ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

सन् २०१७ मा भारत विश्वको छैटौँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको थियो । यस वर्ष भने भारतले बेलायतलाई उछिनेर विश्वको पाचौँ ठूलो अर्थतन्त्र बन्ने दिशामा अधि बढिरहेको बताइन्छ । त्यसबाहेक भारतको जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी रहेको बताइन्छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा १७ करोड जनता चरम गरिबीको अवस्थामा छन् अर्थात् उनीहरुले दैनिक १ दशमलब ९ डलरभन्दा कम कमाउँछन् ।

त्यस्तै, विश्वका सबैभन्दा प्रदूषित शहरहरुमा भारतीय शहरहरुको नाम पनि अग्रस्थानमा आउँछ । एअर भिजुअल नामक संस्थाले हालै जारी गरेको तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धेरै प्रदूषण हुने १० शहरमध्ये भातरका मात्र ७ शहरहरु छन् ।

यस्तो अवस्थामा भारतमा हुन लागेको चुनावलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । त्यस्तै, भारतको सदन लोकसभामा ५ सय ४५ जना सांसद् रहने व्यवस्था छ । यीमध्ये दुई जना बेलायती मूलका भारतीयलाई मनोनयन गर्ने व्यवस्था छ भने बाँकी ५ सय ४३ सांसद् आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावमा विजयी भएर आउनेछन् ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले सर्वाधिक २ सय ८२ सिट जितेर सरकार बनाएको थियो । यसबीच सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको तथा सबैभन्दा धेरै सांसद् चुनेर राजधानी नयाँ दिल्ली पठाउने राज्य चाहीँ उत्तर प्रदेश हो, उत्तर प्रदेशले सबैभन्दा धेरै ८० सांसद् चयन गर्छ ।

यस्तो अवस्थाका बीच शुरु हुन लागेको चुनावबाट कस्तो परिणाम आउला ? त्यसका लागि मत परिणाम कुर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ०६ बजे

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित