कञ्चनपुरमा गोली र पेस्ताेलसहित एक व्यक्ति पक्राउ « Khabarhub

कञ्चनपुरमा गोली र पेस्ताेलसहित एक व्यक्ति पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले बेलौरी नगरपालिका–१० भुडाका २४ वर्षीय खुशीराम चौधरीलाई हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार उनको साथबाट २ राउण्ड गोली र पेस्तोल बरामद भएको छ ।

पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको उनले बताए ।

उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ०५ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले