कीर्ते कागजातका आधारमा नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ « Khabarhub

कीर्ते कागजातका आधारमा नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – कीर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले हेटौंडाका एक उद्योगीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट ५९ वर्षीय विप्लपकान्ति बोस (विके)ले किर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी इन्द्रबहादुर रानाका अनुसार विप्लपकान्तिलाई मंगलबार हेटौँडा, ५ गर्दोईबाट पक्राउ गरी रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपित विप्लपकान्ति बोसको नाममा हेटौंडा औद्योगिक क्षेत्रभित्र सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दोइमा नारायणी मिल्क छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ०० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले