कांग्रेस महामन्त्री कोइरालामा देखियो कोरोना « Khabarhub

कांग्रेस महामन्त्री कोइरालामा देखियो कोरोना


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमवार ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सोमवार बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालले कोइरालालाई दोस्रो रिपोर्टका बारेमा भने जानकारी गराएको छैन ।

कोइरालामा सामान्य ज्वरो देखिएको बताइएको छ । सिटामोल खाएपछि ज्वरो पनि घटेको बताइएको छ ।

ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी नदिएको सचिवालयले जनाएको छ ।

अस्पतालले रिपोर्ट दिएपछि यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने कोइरालाका सहयोगी भरत तिवारीले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ५२ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही