सीपीएल क्रिकेट : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित « Khabarhub

सीपीएल क्रिकेट : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रकेट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सामेल जमैका तलाबाज पराजित भएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

नेपाली लेग स्पीनर सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, सन्दीप विकेट लिन असफल भए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।

यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे । जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट तथा खारी पेरीले २ विकेट लिए ।

अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ