अमेरिका लैजाने भन्दै ४१ लाख ठग्ने पक्राउ, फिलिपिन्स पुर्‍याएर याताना दिएको खुलासा | Khabarhub Khabarhub

अमेरिका लैजाने भन्दै ४१ लाख ठग्ने पक्राउ, फिलिपिन्स पुर्‍याएर याताना दिएको खुलासा


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका बस्ने बर्ष ३२ का ‘रवी’ भन्ने रिकेश महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने वर्ष २२ की कमला लामालाई पक्राउ गरेको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ ।

यही घटनामा संलग्न रहेका सतिस बर्तौलालाई भने गत साउन २९ मा नै पक्राउ गरिएको व्युरोले जनाएको छ । उनीहरू तीन जनाले पीडितलाई फिलिपिन्स पुर्‍याएर मानसिक र शारीरिक याताना दिएको समेत प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ३५ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर