देशभरको मौसममा सामान्य बदली, यी ५ प्रदेशमा हुँदैछ भारी वर्षा « Khabarhub

देशभरको मौसममा सामान्य बदली, यी ५ प्रदेशमा हुँदैछ भारी वर्षा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ ।

मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजै राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : १७ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार