क्रिकेटरले पाए २०१९ को तलब, प्रशिक्षक टमटाको बाँकी « Khabarhub

क्रिकेटरले पाए २०१९ को तलब, प्रशिक्षक टमटाको बाँकी


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका २२ जना खेलाडी र १ टेक्निकल एनालिसिष्टले सन् २०१९ को तलब पाएका छन्। अघिल्लो हप्ता आईसीसीले क्यानको खातामा पैसा पठाएपछि क्यानले बुधबार खेलाडीको खातामा पैसा जम्मा गरेको हो।

यसपटकको तलब पहिलेकोभन्दा १० हजार रुपैयाँ बढेर आएको क्रिकेटर सन्दीप जोराले जानकारी दिए ।

आईसीसीले खेलाडीको प्रदर्शन हेरेर २०१९ मा २२ जनासँग सम्झौता गरेको थियो। जसमा ८/८ जना ए र बी श्रेणीमा छन् । ६ जना सी श्रेणीमा छन्। ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीमा रहेकाले २५ हजारका दरले तलब पाएका हुन्।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी वसन्त रेग्मी यो पटक बी श्रेणीमा छन्। यस्तै यसअघि सी श्रेणीमा रहेका विनोद भण्डारी ए श्रेणीमा बढुवा भएका छन् भने यसअघि बी श्रेणीमा रहेका करण केसी ए मा बढुवा भएका छन्।

एनालिसिष्ट रमन सिवाकोटीले सी श्रेणी बराबरको तलब पाएका हुन्।

कुन खेलाडी कुन श्रेणीमा

ए श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

बी श्रेणी: आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सराफ, रोहित पौडेल, सन्दीप जोरा, सुसन भारी, ललितनारायण राजवंशी

सी श्रेणी: रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

प्रशिक्षक टमटाको तलब पाउन बाँकी

आईसीसीले खेलाडीसँगै क्यानका स्टाफको पनि तलब पठाएको छ । तर, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले भने तलब पाएका छैनन् ।

२०१९ को मध्येसम्म राष्ट्रिय टीमको मुख्य प्रशिक्षक रहेका टमटाले आफुले केही समयमा तलब पाउने आश्वासन क्यानबाट पाएको बताएका छन्।

राखेपका मुख्य प्रशिक्षक रहेका टमटाले भने, `मेरो तलब प्रक्रियामा छ भनेको छ। सुरुमा मैले फारम भरेको थिइन। उनीहरुले प्रिपेडमा राखेको थियो। त्यो किन भनेर सोधेको थिएँ। पछि राखेपको कर्मचारी भएकाले तलब भनेर नआउने तर, भत्ताको शीर्षकमा पठाउने भनेको थियो।´

खेलाडीको तलब आएपछि आफ्नो के हुन्छ भनेर क्यानका अध्यक्षसँग बुझेको र अध्यक्षले प्रक्रियामा रहेको बताएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ११ : २२ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको