कोरोना मुक्त बनेका कांग्रेस नवलपुरका सचिव घिमिरेले भने– संक्रमितलाई हेर्ने दृष्टि बदलौं « Khabarhub

कोरोना मुक्त बनेका कांग्रेस नवलपुरका सचिव घिमिरेले भने– संक्रमितलाई हेर्ने दृष्टि बदलौं



नवलपुर– नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे कोरोना मुक्त भएका छन् ।

मध्यविन्दु जिल्ला अस्पतालको कोभिड–१९ अस्थायी अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारपछि कोरोना मुक्त भएका घिमिरेले संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।

अस्पतालबाट कोरोना मुक्त भएर बाहिरिँदा धेरै खुसी मिलेको भन्दै उनले संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

आफैं नै सचेत बनेर समाजलाई सुरक्षित बनाउन सकिन्छ भन्दै घिमिरेले भने, ‘हामी आफू सजग रहौँ, सचेत बनौँ । यो महामारीबाट समाजलाई सुरक्षित बनाऔं । संक्रमितलाई आत्मीय व्यवहार गरौँ ।’

समाजलाई संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै उनले यो अरुलाई मात्र पर्ने समस्या नभएको बताए । ‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जुनसुकै बेला जो सुकैलाई भेट्न सक्छ । हामी यसबाट अछुतो हुन्छौं भन्ने छैन् । त्यसैले सँधै सचेत रहौं,’ उनले भने, ‘जोगिँदा जोगिँदै पनि संक्रमित भइहालेमा आफूलाई समाजले कस्तो व्यवहार गरोस भन्ने लाग्छ अहिले आफूले पनि संक्रमितलाई त्यस्तै व्यवहार गर्नुपर्छ ।’

घिमिरेले मनोबल उच्च राखे सहजै कोरोनालाई जित्न सकिने बताए । उनले अब संक्रमण फैलिन नदिन र संक्रमितलाई पनि चाँडो ठीक बनाउन सबै तह र तप्काका व्यक्ति लाग्नुपर्ने बताए ।

घिमिरेसँगै सामुदायिक प्राकृतिक चिकित्सालयबाट ३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५