चना र केराउ खाने गर्नुभएको छ ? यस्ता छन् ८ फाइदा « Khabarhub

चना र केराउ खाने गर्नुभएको छ ? यस्ता छन् ८ फाइदा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीमध्ये धेरैले दैनिक जीवनमा केराउ तथा चना खाँदै आएका छौं । खाजामा होस् या तरकारीका रुपमा केराउ तथा चनाको प्रयोग हुने गर्छ ।

चना र केराउले हामीलाई फाइदा पनि गर्छ । यसमा भएको तत्वले हामीलाई स्वस्थ राख्न उत्तिकै फाइदा पुर्‍याउँछ ।

केराउ र चना खाँदाका ८ फाइदा छन् । ती फाइदाका बारेमा जानौं:

– चना तथा केराउमा फाइबर हुन्छ । जसले गर्दा यसको सेवन गर्दा तौल घटाउँछ । मोटोपनको समस्या छ भने चना र केराउ खाँदा फाइदा हुन्छ । यसले शाकाहारी भोजनमा पनि बल प्रदान गर्छ । जसकारण चना र केराउलाई डाइटमा समेत प्रयोग गरिन्छ ।

– चना तथा केराउ खाँदा शरीरमा शक्तिको मात्रा बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि विकास हुन्छ । त्यसैले यसलाई फाइदाजनक मानिन्छ ।

– त्यतिमात्र नभएर चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।

– चना र केराउले महिलामा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई नियमित बनाउँछ । जसकारण महिलाको छातीको क्यान्सर हुने सम्भावना पनि घट्छ ।

– चना तथा केराउमा हुने फलाम तत्त्वको कारणले रक्तअल्पता हुने सम्भावना घटेर जान्छ ।

– कति व्यक्तिमा रक्तचापमा समस्या हुने गर्छ । केराउ र चना खाँदा उच्च रक्तचाप पनि केही हदसम्म कम हुन्छ । साथै यसले रक्तचापलाई पनि नियमित बनाउँछ ।

– यदि तपाईंमा खाना नपच्ने समस्या छ भने केराउ र चना उत्तिकै लाभदायक हुन्छ । यिनीहरूमा हुने फाइबरका कारण अपच हुने समस्या घट्छ ।

– त्यति मात्र होइन, चना तथा केराउको नियमित खाँदा मुटु पनि स्वस्थ रहन्छ । त्यस्तै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता पनि हटाउँछ ।

 

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : २७ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे  बस्दैछ ।  बैठक

इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट

तेहरान– इरानले फुजैराह पोर्टको तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

एजेन्सी– दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज

सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि,