नेपालमा थपिए १,२४६ कोरोना संक्रमित | Khabarhub Khabarhub

नेपालमा थपिए १,२४६ कोरोना संक्रमित


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ थियो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३ हजार ८८२ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ४ : २६ बजे

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र