काठमाडौंमा मात्र थपिए ४९५ कोरोना संक्रमित, ३ को मृत्यु | Khabarhub Khabarhub

काठमाडौंमा मात्र थपिए ४९५ कोरोना संक्रमित, ३ को मृत्यु


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका ५७२ कोरोना संक्रमितमध्ये काठमाडौंका मात्र ४९५ जना रहेको जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ३ जनाको मृत्यु भएको छ । जसमा ५५ वर्षीय एक महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : ०० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख

चेन्नईसँग पराजित भएसँगै कलकता आईपीएलको पहिलो चरणबाट बाहिरिने सम्भावना बढ्यो

काठमाडौं – गएराति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता

आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २५ गते बिहीबार। वैशाख

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४