सुरक्षित रूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह | Khabarhub Khabarhub

सुरक्षित रूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराईमा विशेषतः थारु महिलाहरुले निराहार व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारु महिलाहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउनुका साथै जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण जनजीवन कष्टकर बनेको यस परिस्थितिमा यसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर सुरक्षितरूपमा जितिया पर्व मनाउन सभापति देउवाले आग्रह गरेका छन् ।

साथै देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ४ : ५७ बजे

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो

काठमाडौं – ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको

छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं– छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ

अर्थमन्त्री पौडेल आज राति चीन जाँदै

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन प्रस्थान

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको