बैतडीको शिवनाथमा सशस्त्रको बीओपी स्थापना | Khabarhub Khabarhub

बैतडीको शिवनाथमा सशस्त्रको बीओपी स्थापना


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको शिवनाथ गाउँपालिका १ स्थित कुस्मौत घाटमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको छ।

सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले विहीबार बीओपी उद्घाटन गरेका हुन् ।

बीओपी स्थापनासँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनीकरण लगायतका सहयोग पुग्ने उनले बताए।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीति अनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन्।

पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भइसकेका छन्।

चालु आर्थिक वर्षभित्रै जिल्लाका अन्य तीन ठाउँमा पनि बीओपी स्थापनाको तयारी थालिएको छ ।

कुस्मौत घाटमा बीओपीको उद्घाटन कार्यक्रममा शिवनाथ गाउँपालिका १ का वडा अध्यक्ष करन पार्की लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : १० बजे

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब