तालिवानसँगको शान्ति वार्ताका लागि अफगान सरकारका प्रतिनिधी कतारमा « Khabarhub

तालिवानसँगको शान्ति वार्ताका लागि अफगान सरकारका प्रतिनिधी कतारमा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ ।

अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग  सरकारले वार्ता गर्न लागेको हो ।

मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुबैतर्फका  कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बार पछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा दशौँ हजार नागरिकको मृत्यु भएको छ ।

‘इस्लामिक गणतन्त्र अफगानिस्तानको सरकारले तालिवानसँग प्रत्यक्ष वार्ता सुरु गर्न सरकारी टोली अफगानिस्तानतर्फ हिँडेको छ,’ वार्ता टोलीका एक सदस्य नादेर नादेरीले शुक्रबार साँझ ट्वीटरमा लेखेका छन् ।

‘अब मेलमिलापको लागि समय तयार छ, हामी एक अर्कासँग कुरा गरेर हाम्रा समस्याहरू समाधान गर्न सक्छौं,’ अफगानिस्तानको सरकारी टोलीका एक सदस्य अब्दुल हफिज मन्सुरले बताए ।

काबुलमा यसै साता उपराष्ट्रपति आरुल्लाह सालेहलाई लक्षित गरी आफन्त गुमाएका एक व्यापारी अब्दुल्लाहले भने, ‘वार्ताको समाचारले अफगानिस्तानभरि आशाको सञ्चार गराएको छ । हामी शान्तिका लागि आतुर छौँ । अब अफगानिस्तानमा हत्या हिंसा रोकिनुपर्छ ।’

नोभेम्बर ४ को राष्ट्रपतीय निर्वाचनमा अनिश्चित सम्भावनाहरूको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि आफ्नो महत्वपूर्ण नीतिलाई प्राथमिकता दिँदै आएका छन् ।

वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् ।

 

 

 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : १७ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १