कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ३ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ३ जनाको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ १७ गतेदेखि पाटन अस्पतालमा भर्ना भएका भक्तपुरका ७२ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो ।

त्यस्तै भदौ १९ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमतिको पनि उपचारका क्रममा शनिबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा शुक्रबार भर्ना भएका भक्तपुरका ३६ वर्षीय पुरुषको पनि शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

अहिलेसम्म काठमाडौंका ४७, भक्तपुरमा १२ र ललितपुरका ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमण पनि तीव्र रुपमा बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ६२० र भक्तपुर र ललितपुरमा ३८–३८ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : १४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल