कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड « Khabarhub

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो ।

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी संकलन गर्न लागेको हो ।

बोर्डले कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाइ हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : २७ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल