राजा वीरेन्द्रले प्रयोग गरेको जहाज विमानस्थलबाट गुडाएरै लगियो नारायणहिटी (भिडियोसहित) | Khabarhub Khabarhub

राजा वीरेन्द्रले प्रयोग गरेको जहाज विमानस्थलबाट गुडाएरै लगियो नारायणहिटी (भिडियोसहित)


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ ।

नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए ।

हेरौं भिडियो

सडकमा सवारी चाप कम भएको मौका पारेर साँझ त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमान गुडाएरै नारायणहिटीमा लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्‍याएपछि ‘एसेम्बल’ गरिनेछ ।

  

विमान तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्‍याइएको हो ।

विमान सडकमा गुडाएर लैजाने क्रममा  तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती परेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो ।

यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलिकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : ५० बजे

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी